पथरीशनिश्चरे, फागुन २९ । पथरी बहुमुखी क्याम्पस पथरीशनिश्चरे मोरङको आगामी सञ्चालक समितिको लागि भएको निर्वाचनबाट एमालेको प्रगतिशील समूहका उम्मेदवार रामकुमार बस्नेत १ सय ५२ मत प्राप्त गरी विजयी भएका छन् ।

शनिबार दिउँसो भएको निर्वाचनमा एमालेनिकट प्रगतिशील समूहका अध्यक्ष पदका उम्मेदवार बस्नेतले ३८ मत बढी ल्याएर निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार दिपक बस्नेतलाई हराएका हुन् ।
यसैगरी , नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सम्मिलित गठबन्धनका उम्मेदवार माधव कोइराला १४४ मत ल्याएर उपाध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी प्रगतिशील समूहका उम्मेदवार नवलकिशोर खनाल ११०मतसहित पराजित भएका छन् ।
२ सय ७७ जनाले मतदान गरेको उक्त निर्वाचनको अन्तिम नतिजा हिजो राति ९ः४५ बजे निर्वाचन समितिका संयोजक अर्जुनकुमार बुढाथोकीले सार्वजनिक गरेका थिए ।

मतगणनाको अन्तिम नतिजा अनुसार–ः
अध्यक्ष पदका लागि –
दिपक बस्नेत–११४
रामकुमार बस्नेत –१५२ (विजयी )
१ जना उपाध्यक्षको लागि –
नवलकिशोर खनाल–११०
माधवप्रसाद कोइराला–१४४( विजयी)

८ जना खुल्ला सदस्यका लागि–
उद्धवराज बस्नेत –१६३ विजयी
उमानाथ अधिकारी –१६५ विजयी
एकराज निरौला – १६१ विजयी
कर्णबहादुर विश्वकर्मा– १३३ विजयी
खगेन्द्र लुईटेल– १३९ विजयी
खेमनाथ ढुंगेल– ११०
गोविन्द वनेम लिम्बु –८६
नरेश कुमार घातनी –९४
प्रदीपकुमार राई –१४७ विजयी
मानबहादुर श्रेष्ठ– ८४
रमेश राई –७५
लोकनाथ खरेल –११४
विजयजंग बस्नेत – १३२ विजयी
हर्कबहादुर राई – ११६

४ जना महिला सदस्यको लागि –
अरूणा राई –१२९ विजयी
ज्योति साँवा कन्दङ्वा –९९
दुर्गा सुवेदी –१४७ विजयी
पार्वती भण्डारी विष्ट –१५१ विजयी
प्रेमकुमारी ढकाल –९६
वर्षा सुब्बा डाँगी –१२९ विजयी
विन्दादेवी राई –९७
विष्णुकुमारी बस्नेत विष्ट –११९
लेखा समितिको संयोजक पदमा डिल्लीराज दहाल शुक्रबार नै सर्वसम्मत निर्वाचित
अन्य २ जना सदस्य पदमा–
कमलबहादुर भट्टराई –१९१ विजयी
दिलिपकुमार तामाङ –८९
दुर्गाप्रसाद सिटौला – १५४ विजयी

निर्वाचित सबै उम्मेदवारहरूलाई निर्वाचन समितिले हिजै राति १० बजे सपथ ग्रहण गराई प्रमाणपत्र प्रदान गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्