झापा , फागुन २९ । मोरङको रंगेली नगरपालिका-२ मंगलबारेमा विराटनगर आमबारी सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट एकजनाको मृत्यु र एकजना घाईते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार विराटनगर महानगरपालिका-५ का ४१ बर्षीय बलराम बर्तोला रहेका छन् भने चालक विराटनगरकै १६ बर्षीय कमल भन्ने कुनाल बर्तौला घाईते भएका छन् । हिजो दिउसो साँढे २ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश न.०१-०४-००१ प ७१६४ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । उक्त दुर्घटनावाट घाईते भएका बलरामको उपचारको लागि कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो भने घाईते कुनालको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्