झापा , फागुन २९ । सुनसरीको ईनरुवा नगरपालिका-४ बाट नियन्त्रीत लागूऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध ब्राउनसुगरको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-८ का २२ बर्षीय मिथुन कुमार यादव र १९ बर्षीय प्रमोद कुमार सरदारलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९६ ग्राम लागूऔषध ब्राउनसुगर तथा लागूऔषध ओसार पसारमा प्रयोग गरिएको BR–38–S–0623 भारतीय नम्वरको मोटरसाईकल समेत बरामद गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्