बिर्तामोड , फागुन २९ । बिर्तामोड ३ स्थित विराट ज्योति अंग्रेजी आवासीय माध्यमिक विद्यालयले २५ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।

त्यस अवसरमा समाजसेवी , विद्यालयका संस्थापक , पूर्व विद्यार्थी , उत्कृष्ट कर्मचारी , उत्कृष्ट शिक्षक शिक्षिका र ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई सम्मान गरिएको थियो । प्रसाईले विभिन्न सामाजिक कार्य गरी समाजसेवामा पु¥याएको योगदानको मूल्यांकन गरी सम्मान गरिएको विद्यालयले जनाएको छ ।

त्यस्तै विद्यालयका संस्थापकहरु गुरुभक्त न्यौपाने , गणेश ओली , जयकुमार प्रसाई , महेन्द्रकुमार प्रसाई , यज्ञनिधि ढकाल र भानु खनाललाई सम्मान गरिएको थियो । त्यस्तै अहिले विभिन्न ओहोदामा रहेका विद्यालयका पूर्व विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा प्रथमा उप्रेती , डा. किरण प्रसाई , एलिजा सिटौला , प्रतिक खनाल , डा. केशवराज न्यौपाने , सौरभ प्रसाई , डा. अरुण फुयाँल , डा. गंगा न्यौपाने , इन्जिनियर प्रभास थापा मगर, सब इन्जिनियर आकाश श्रेष्ठ रहेका छन् । त्यसैगरी विद्यालयका उत्कृष्ट कर्मचारीमा सम्सेर थापा , उत्कृष्ट शिक्षक पारस राजवंशी , उत्कृष्ट शिक्षिका पवित्रा खतिवडा , उत्कृष्ट छात्र मनिश प्रधान र उत्कृष्ट छात्रामा डालिया पाठकलाई नगदसहित सम्मान गरिएको थियो । त्यस्तै ज्येष्ठ नागरिक नन्दलाल खरेल र बादुमी राजवंशीलाई पनि सम्मान गरिएको थियो । विद्यालयका अध्यक्ष दिवस शाक्यको अध्यक्षता तथा अनारमनी पब्लिक क्याम्पसका प्राचार्य मोहन शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्मानित समाजसेवी दुर्गा प्रसाई , विद्यालयका संसथापक गुरुभक्त न्यौपाने , विद्यालयका संचालक दिलिप विष्टलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला , बिर्तामोड साना सहरी खानेपानी तथा सरफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै विद्यालयका प्राचार्य सौरभ प्रसाईले शिक्षाको स्तरलाई प्रभावकारी बनाउन पोर्टफोलियो सिस्टम , ३० वटा अतिरिक्त क्रियाकलाप , ३ वटा शिक्षक तालिम , अभिभावकहरुको अभिमुखीकरणजस्ता कार्यक्रम गर्न लागेको बताए । उनले आउँदो सत्रदेखि त्रिभुवन विश्वद्यिालयसंग सम्बन्धन दिएर ब्याचलर र मास्टर डिग्री संचालन गर्ने योजना रहेको सुनाए । हाल कक्षा १२ सम्म पढाइ हुने त्यस विद्यालयमा होटल म्यानेजमेन्टको अध्यापन हुने गरेको छ । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले गीत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक कमल भेट्वालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्