बिर्तामोड , फागुन २९ । बिर्तामोड नगरपालिकाले विभिन्न वडाका ९ जना मौरीपालक कृषकलाई मौरीसहितको घार र प्राविधिक सामग्री वितरण गरेको छ ।

बिर्तामोड १० मा आयोजित व्यावसायिक मौरी विकास तालिमको समापन कार्यक्रमकाबीच नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले सहभागीहरुलाई प्रमाणपत्रसहित आधार चाका, धुवाँदानी,टोपी,व्रस,महदानीलगायतका सामग्रीसहित मौरीका घार हस्तान्तरण गरेकी हुन् । नगरपालिकाको ७० प्रतिशन अनुदान र कृषकको ३० प्रतिशत लगानीमा मौरीसहितको घार वितरण गरिएको नगरको कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाको सहयोगमा मौरी श्रोतकेन्द्र स्थापना केन्द्र निर्माणका लागि निरम कृषि फर्मले ३ दिने तालिमको आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख प्रसाईले मौरीपालनमा थप व्यावसायिक बन्न र उत्पादन बढाउन सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गरिन् । तालिममा सिताराम ढकालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा कृषि शाखाका प्रमुख राजेन्द्र कडरिया,प्राविधिक सुजित शाहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्