बिर्तामोड, फागुन ३० । घरेलु टोली झापा ११ ले फेरि झापालीलाई निराश बनाएको छ ।

आज डोमालाल राजवंशी रंगशालामा भएको पाँचौ झापा गोल्डकपको फाइनलमा चौथो पटक पनि झापा ११ ले त्रिभुवन आर्मीसंग उपाधि हत्याउन सकेन । तीन पटक फाइनलमा भिडेर उपविजेतामा सीमित झापा ११ ले यसपटक उपाधि हत्याउने उच्च मनोबलका साथ आज चौथो पटक त्रिभुवन आर्मी फुटबल क्लबसंग गरेको उपाधि भिडन्त गरेको थियो । तर, झापालीलाई खुशी दिन सकेन । अन्ततः झापा ११ ,आर्मीसंग २–१ ले हार खानुपर्यो र उपविजेतामा चित्त बुझाउनु पर्यो । ।

आर्मीका लागि टेकबहादुर बुढाथोकी र कप्तान जर्ज प्रिन्स कार्कीले गोल गरे भने झापाका लागि एक गोल विमल मगरले फर्काएका थिए ।
पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि विजेता आर्मीले नगद १२ लाख ५५ हजार र उपविजेता झापाले ६ लाख पाँच हजार रुपैयाँ नगद पाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्