झापा , चैत १ । झापाको कमल गाउँपालिका-५ सितापुरीमा पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईलाम सुर्योदय नगरपालिका-१ का ३९ बर्षीय कमल राई रहेका छन् । हिजो बेलुका साँढे सात बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु.१ ख ८८३६ नम्बरको बसले ठक्कर दिँदा घाईते भएका राईको उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । बस र चालक रुपन्देही बुटवलका ५२ बर्षीय पुणर्बहादुर पौडेललाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्