झापा ,चैत्र १ । झापाको दमक नगरपालिका-२ बेलडाँगि स्थित दमक-रवि सडकखण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईलाम चुलाचुली-५ का ३२ बर्षीय मिथुन तामाङ भन्ने पेम्बा दोर्जे रहेका छन् । हिजो पौने ४ बजे को.२ त ९१२६ नम्बरको ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरले किचि निजको घटनास्थलमानै मृत्यु भएको थियो । दुर्घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्