झापा, चैत १ । उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका-५ घुम्ने लालीगुराँस टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई सोमबार साँझ पक्राउ गरेको छ । खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्