दमक, चैत १ । मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको दमक गोल्डकपको दोस्रो संस्करण हुने भएको छ ।

प्रथम पुरस्कार नगद १३ लाख ११ हजार पुरस्कार राशि भएको दमक गोल्डकप यही चैत ९ गतेदेखि १८ गतेसम्म हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
प्रतियोगिताको द्वितीय हुने टिमले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्ने छ भने विभिन्न विधागत विजेता तथा उत्कृष्ट खेलाडीलाई पनि २१ हजार माथिको पुरस्कारको व्यवस्था गरिएको छ ।
दमक नगरपालिकाको खेलकुद विकास समिति मुख्य आयोजक रहेर गोल्डकप गराउन लागेको हो । प्रतियोगितामा भारत र अफ्रिकासहित नेपालका राष्ट्रिय स्तरका क्लवहरुको सहभागिता रहने छ ।दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा हुने प्रतियोगितामा आयोजक दमक ११ सहित १० टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा मछिन्द्र क्लव काठमाडौ, नेपाल पुलिस क्लव काठमाडौ, त्रिभुवन आर्मी क्लव काठमाडौ, मनाङ मस्र्याङदी क्लव काठमाडौ, फ्रेण्ड्स क्लव काठमाडौ, एमिमियर फुटबल क्लव क्यामरुङ अफ्रिका, मानेभञ्ज्याङ फुटबल क्लव दार्जिलिङ भारत, दुर्गापुर स्टिल क्लव कलकत्ता भारत , बागमती युवा फुटबल क्लव सर्लाही र आयोजक दमक ११ प्रतियोगितामा सहभागी हुने जनाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १ करोड २३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमबहादुर केसीले जानकारी दिए । यस मध्येबाट २५ लाख रुपैयाँ दमक नगरपालिकाले बेहोर्ने र बाँकी रकम प्रायोजक, सह– प्रायोजक र गेट टिकट बिक्रीबाट संकलन गर्ने लक्ष्य राखिएको छ ।

प्रतियोगिताबाट बचत भएको रकम खलकुद क्षेत्रको प्रवद्र्धन गर्न खर्च गरिने पनि पत्रकार सम्मेलनमा जनाइएको छ ।२०७५ सालमा सम्पन्न प्रथम दमक गोल्डकपबाट २३ लाख ७८ हजार रुपैयाँ बचत भएको जानकारी गराउँदै त्यहि कोष र नगरपालिकासँगको सहकार्यमा दमकमा विभिन्न खेलकुदका प्रतियोगिता सञ्चालन गरिरहेको पनि समिति अध्यक्ष केसीले जानकारी दिए ।आयोजक दमक ११ को टिममा सहभागी खेलाडीहरु अधिकांस दमकबाट नै उत्पादन भएको र बाहिरबाट ल्याइने खेलाडी निकै कम हुने पनि उनले बताए । खेल मैदान पूर्वपश्चिम राजमार्गबाट करिव ७ किलोमिटर उत्तरमा पर्ने भएकोले खेल हेर्न जानेका लागि सवारी साधनको व्यवस्था गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्