बिर्तामोड , चैत २ । बिर्तामोड ९ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयमा दुर्गा बाल क्लब गठन भएको छ ।

नवगठित क्लबको अध्यक्षमा सौगात घिमिरे निर्वाचित भएका छन् । त्यस्तै क्लबको उपाध्यक्ष श्रेया भट्टराई, सचिव रश्मी भण्डारी, सहसचिव सौरव खरेल र कोषाध्यक्षमा कृष्ण राजवंशी निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा प्रज्वल भण्डारी,, मनिषा लामा, समिक्षा लामा,सचिन बराल,फरिदा खातुन र एजमेरी खातुन रहेका छन्।

क्लवको संरक्षक शिक्षकको रुपमा अनिश अधिकारी चयन भएका छन्। विद्यालयमा २०६४ सालमा शिक्षक धर्मेन्द्र भट्टराईको पहलमा पहिलो पटक क्लबको स्थापना भएको थियो।

क्लवले बिद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलाप, साहित्यिक, सांस्कृतिक साथै विद्यालय सरसफाई र अनुशासनसम्बन्धी कार्यक्रम संचालन गर्ने गरेको छ। क्लवको प्रधान संरक्षक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पाठकको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्