झापा , चैत २ । उदयपुरको बेलका नगरपालिका-६ मा मदन भण्डारी लोकमार्गमा मोटरसाईकलले ठक्कर दिँदा एक बृद्धाको मृत्यु भएको छ ।

आज बिहान पौने ११ बजे स. ७ प ८६९२ नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएकि पैदल यात्री बेलका नगरपालिका-३ कि ७६ बर्षीय राममाया आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो । मोटरसाईकल र चालक त्रियुगा नगरपालिका-७ का २० बर्षीय बिष्णु भट्टराईलाई ईलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्