बिर्तामोड , चैत २ । नेपाल इन्जिनियर्स एशोसिएसन (एनइए)को केन्द्रीय सदस्यमा बिर्तामोडका रोशन सुवेदी निर्वाचित भएका छन् ।

१ नं प्रदेश समितिको निर्वाचनबाट एकमात्र केन्द्रीय सदस्यमा उनी निर्वाचित भएका हुन् । ३६७ मत ल्याएका सेन्टर फर डेमोक्रयाटिक इन्जिनियर्स नेपाल (सिडेन) का सुवेदीले विराटनगरका पवनकुमार झालाई ९२ मतले पराजित गरे । केन्द्रीय सदस्यमा निर्वाचित हुने स्यारोन कन्सल्टेन्सीका प्रोप्राइटर सुवेदी नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड च्याप्टरका संस्थापक अध्यक्ष हुन् । उनी नेपाल भ्यालुयर्स एशोसिएसन मेची च्याप्टरका संस्थापक अध्यक्ष पनि हुन् । विद्यार्थीकालदेखि राजनीति थालेका सुवेदी २०५५ सालमा पूर्वाञ्चल इन्जिनियरिङ कलेज धरानको स्ववियू सभापति भएका थिए । प्रजातान्त्रिक विचारमा आस्थावान उनी नेपाली कांग्रेस झापाको प्रदेश २ ‘क’ को प्रदेश प्रतिनिधि हुन् ।

नेपाल इन्जिनियर्स एशोसिएसनको १ नं प्रदेश सभापतिमा जयनाथ यादव निर्वाचित भएका छन् । त्यस्तै उपसभापतिमा सुरेश श्रेष्ठ , सचिव महेश धिताल, सहसचिव सरोज भट्टराई र कोषाध्यक्षमा विभास मिश्र निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा सुवाष कर्ण , अभिनाश ठाकुर , भेषराज घिमिरे , सुधिर यादव , प्रदीप पराजुली , सचिन मण्डल , सुवर्ण बस्नेत , मनिशा कार्की , धर्मेनकुमार चौधरी र दीपा गौतम निर्वाचित भएका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ६ प्रदेशमा लोकतान्त्रिक समूह पदाधिकारीसहित बहुमत पदमा निर्वाचित भएको छ ।
६ प्रदेशमा सेन्टर फर डेमोक्रयाटिक इन्जिनियर्स नेपाल (सिडेन) को नेतृत्वसहित बहुमत पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

एशोसिएसनको अध्यक्षमा प्रदेश १ मा जयनाथ यादव, वाग्मतीमा रोहिणी पौडेल ,गण्डकीमा वृजेन्द्र केसी, लुम्बिनीमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णालीमा हरि केसी र सुदूरपश्चिममा प्रदीपकुमार पन्त निर्वाचित भएका छन् । मधेस प्रदेशमा श्यामकिशोर यादवको अग्रता देखिएको छ ।
त्यस्तै केन्द्रीय नेतृत्वमा पनि सिडेनका पदाधिकारी एवं सदस्यले बहुमतमा अग्रता कायम गरेका छन् । लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा डा. हरिबहादुर दर्लामीे नेतृत्वको समूह प्रतिस्पर्धामा छ ।
यसैगरी प्रगतिशील समूहबाट सुरज लामिछाने नेतृत्वको समूहले प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्