बिर्तामोड, चैत २ । शिक्षासेवी सुमन शर्मा जमरकट्टेल र पत्रकार गोपाल काफ्लेले सामाजिक काममा सहयोग गरी जन्मदिन मनाएका छन् ।

देवभूमि इङ्लिस स्कुल अर्जुनधाराका संचालक समिति अध्यक्ष जमरकट्टेलले बिर्तामोड ९ स्थित सहिद लक्ष्मी आधारभूत स्कुलका १ सय ३० जना बालबालिकालाई टाइ र पेटी वितरण गरेका छन् ।
ग्रामीण भेगमा रहेको सो विद्यालयमा विपन्न वर्गका बालबालिका अध्ययनरत छन् ।केही समय अगाडि नगरपालिकाले पोशाक वितरण गरेको थियो र अन्य सामग्री अभाव भएकोले दाताहरुलाई सहयोग गरिदिन आग्रह गरेको थियो ।
ब्यबस्थापन समिति हरि चौलागाईंको अध्यक्षता रहेको कार्यक्रममा प्रधानाध्यापक बिरेन्द्र बुढाथोकी, सदस्य प्रेम भण्डारी ,प्रदिप संग्रौलालगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्दै जमरकट्टेलले आगामी दिनमा विद्यालय रुपान्तरण र विकासमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रमको संचालन बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज पौडेलले गरेका थिए।

त्यस्तै साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले आफ्नो जन्मदिनमा प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई १० हजार १०० रुपैयाँ सहयोग गरेका छन् ।
साझामञ्चको बिर्तामोडस्थित कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै जन्मदिनको अवसरमा काफ्लेले पत्रकार उपचार सहयोग कोषलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
कोषका संयोजक सन्तोष आचार्यलाई नेकपा एमाले झापाका जिल्ला कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख समेत रहेका काफ्लेले १० हजार १०० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
प्रेस चौतारी नेपाल झापाको उपचार सहयोग कोषका परिकल्पनाकार समेत रहेका काफ्ले संगठनका निवर्तमान केन्द्रीय सदस्य हुन् ।

उनले कोषलाई सहयोग गर्न सबै पत्रकारलाई आह्वान समेत गरेका छन् ।
चेक हस्तान्तरण कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष प्रदीप परियार, प्रदेश कमिटी सदस्य रमेश तिवारी, सचिव प्रकाश पौडेल, सहसचिव तिलक योञ्जनलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्