झापा , चैत ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ ।

इन्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएपछि आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रूपैयाँले बढाएको छ । हवाई इन्धनको मूल्य पनि बढेको छ । आन्तरिकतर्फ प्रतिलिटर १५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २ सय डलर वृद्धि भएको छ । एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । निगमले केहीअघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । बुधबार समायोजन गरिएको मूल्यमा समेत घाटा व्यहोर्नुपर्ने अवस्था रहेको आयल निगमले विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्