झापा , चैत ३ । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार तीन प्रतिवादी पक्राउ परेका छन् ।

सर्वोच्च अदालतको २०७४ असार २८ गतेको फैसला अनुसार मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सजाय ठहरिएर फरार भएकाहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले नियन्त्रणमा लिई बुधवार फैसला कार्यान्वयनको झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराएको थियो । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं.४ बस्ने ४४ वर्षिया सिता केरुङ सम्बाहाम्फे रहेकी छन् । उनलाई सात बर्ष ६ महिना कैद ,एक लाख जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउनु पर्ने सजाय तोकिएको थियो ।
त्यस्तै पक्राउ पर्ने अर्का फरार प्रतिवादी सोही ठाउँका ५० वर्षिय ईन्द्र सम्बाहाम्फे रहेका छन् । उनलाई पनि सात बर्ष ६ महिना कैद,एक लाख जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउनु पर्ने सजाय तोकिएको थियो । त्यसैगरी सोही मुद्धामा फरार कमल ४ कै ४३ वर्षिय
हंशराज केरुङ पनि पक्राउ परेका छन् । उनलाई पनि समान सजाय तोकिएको थियो ।