झापा , चैत ३ । राष्ट्रिय भूमि आयोग झापाको सदस्यमा तीनजना नियुक्त भएसंगै आयोगले पूर्णता पाएको छ ।

आयोगको सदस्यमा सत्तारुढ गठबन्धन दलका तर्फबाट तीनजनाले राजनीतिक नियुक्ति पाएका हुन् ।

जनता समाजवादी पार्टीका तर्फबाट बिर्तामोड ८ की सनम राजवंशी , नेकपा एकीकृत समाजवादीका तर्फबाट भद्रपुर २ का सानुकुमार लामा र नेकपा माओवादी केन्द्रका तर्फबाट अर्जुनधाराका ताराप्रसाद उपाध्याय सदस्य भएका हुन् ।

योसंगै अब आयोग ९ सदस्यीय भएको छ । यसअघि गत पुष २३ गते तिलकसिंह पाण्डे नेपाली कांग्रेसका तर्फबाट आयोगको अध्यक्ष नियुक्त भएका थिए । सदस्य नियुक्त भएकाहरुले बुधवार सपथ लिएको अध्यक्ष पाण्डेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्