झापा , चैत ४ । इलामको माई नगरपालिका–१ स्थित तेह्रकुने सिमसार पोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय तेजबहादुर राईका ११ बर्षीय छोरा बर्धन राई रहेका छन् । हिजो दिउँसो साढे ११ बजे साथीहरुसंग पौडी खेल्ने क्रममा सिमसार पोखरीमा डुबेर बर्धन बेपत्ता भएका थिए ।

बेपत्ता भएका उनलाई पोखरीमा खोजतलास गर्ने क्रममा प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले पानीमा डुबी मृत अवस्थामा फेला पारेको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्