बिर्तामोड, चैत ५ । होलीमा ट्राफिक नियम उल्लंघन गर्ने २३१ वटा सवारी साधन झापामा कारवाहीमा परेका छन् ।

कारवाही पर्नेमा २२५ वटा स्कुटी र मोटरसाईकल तथा ३ वटा अटो रहेका छन् । ३ जना चढेका , हेलमेट नलगाएका र मादक पदार्थ सेवन गरेका सवारी साधनका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक निशेस चापागाईले बताए । ती सवारी साधनबाट एक लाख पन्ध्र हजार पाँच सय रुपैयाँ जरिवाना असुल भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्