झापा , चैत ६ । नेपाली कांग्रेसको युवा संगठनको रुपमा बिर्तामोड ५ मा नेपाल तरुण दलको वडा समिति गठन भएको छ ।

दिनेश चौधरी अध्यक्ष रहेको तरुण दलको वडा समितिको उपसभापतिमा मेराज अन्सारी , विजय तामाङ , सचिव अनुप कट्वाल , प्रज्वल बिमली , सहसचिव अनुज नेपाल , विवश राई र कोषाध्यक्षमा बरुण चौधरी रहेका छन् ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको प्रमुख आतिथ्य र वडा सभापति दीपक मेन्याङ्वो अध्यक्षतामा भएको भेलामा जिल्ला सदस्य पुष्पलाल चौधरी , उमा शिवाकोटी , प्रदेश ‘क’ सभापति लक्ष्मी आचार्य , युवा नेता सजेश शिवाकोटी , आनन्द गुरुङ, लवकुमार चौधरीलगायतको आतिथ्य रहेको थियो । खगेन्द्र प्रसाईले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सन्तोष कडरियाले गरेका थिए । त्यस अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्