झापा , चैत ६ । झापामा बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाह्रदशी वडा नं.२ बस्ने ४२ वर्षिय नरप्रसाद पनेरु रहेका छन् । उच्च अदालत पाटनको २०७७ मंसिर २० गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा उनलाई दुई दिन कैद,३ लाख ८७ हजार जरिवाना र पीडित राहत कोषमा १५ हजार ४८० रुपैयाँ जम्मा गर्नुपर्ने तोकिएको थियो ।

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले नियन्त्रणमा लिई शनिवार झापा जिल्ला अदालतमा उपस्थित गराएको थियो । कैद भुक्तानको लागि झापा कारागार पठाउन उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्