कुमरखोद, चैत ६ ।झापा गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरणहरु वितरण गरेको छ ।

कृषकहरुलाई पानी तान्ने मोटर र औषधी छर्नका लागि स्प्रेटेंकीहरु वितरण गरेको हो । झापा गाउँपालिकाको कृषि विकास शाखाले एक कार्यक्रमकावीच औषधी छर्किने ४ हजार रुपैयाँ पर्ने स्प्रेटेंकी २५० थान र ११ हजार पाँच सय रुपैयाँ पर्ने पानी तान्ने मोटर ८७ थान कृषकहरुलाई वितरण गरेको हो ।

वितरण कार्यक्रममा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह , वडा अध्यक्षहरु मोतीलाल गणेश , नेत्रबहादुर खड्का , कृषि शाखा प्रमुख रिता वर्देवा , पशु शाखा प्रमुख जगतनारायण मण्डललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्