पथरीशनिश्चरे, चैत ८ । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बाँस्तोलाले वडा नम्बर १ स्थित शिखर चोकमा गायक अर्जुन सेञ्चुरीको घरमा भएको आगलागीको निरीक्षण गरेकी छन् ।

मंगलवार उपप्रमुख बाँस्तोलाले गायक सेन्चुरीको घरमा पुगी आगलागीले पुर्याएको क्षतिको अवस्था बारेमा जानकारी लिएकी हुन् । इलाका प्रहरी कार्यालयले आगलागीबाट करीव २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको मुचुल्का तयार गरेको छ ।
राति १ बजेको समयमा सेञ्चुरीको घरको दोस्रो तलामा रहेको भान्सा कोठामा विद्युत सर्ट भई आगलागी भई त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । स्थानीयबासी जुटेर भान्सा कोठाको आगो अन्यत्र सर्न नदिई नियन्त्रण गर्न सफल भएका थिए ।