दमक, चैत ८ । नयाँ बर्ष २०७९ को उपलक्ष्यमा दमकमा नेपथ्य लाइफ कन्सर्ट हुने भएको छ ।

स्थानीय ध्रुवतारा स्पोर्टिङ क्लवले ३० औ स्थापना दिवसका अवसर पारेर नेपथ्य लाइफ कन्सर्ट गर्न लागेको हो ।
क्लवले मंगलवार दमकमा पत्रकार सम्मेलन गरी कन्सर्टका बारेमा जानकारी दिएको छ । कन्सर्ट भव्य तथा सभ्य रुपले सम्पन्न गर्न सदस्य गोपाल चेम्जोङलाई कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष मिन मगर, नेपाल टच अष्ट्रेलियाका कार्यकारी प्रमुख राजके गोस्वामीलगायतले नेपथ्य लाइफ कन्सर्टका बारेमा बोलेका थिए । उक्त कन्सर्ट नेपाल टच अष्ट्रेलियाले गर्न लागेको र त्यसको संयोजक भने ध्रुवतारा स्पोर्टिङ क्लव रहने क्लवका सचिव हिरामणि खड्काले बताए ।

उनका अनुसार दमक ९ स्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा साँझ ७ वजेदेखि ९.३० वजेसम्म हुने लाइफ कन्सर्टको मुख्य प्रायोजक भने अष्ट्रेलियाकै किङस स्टन इन्स्टिच्यूट र सपोर्टमा जंगेकिल्ला इन्डफिल्डरर्स रहने छ । कन्सर्टमा करिव ५ हजारबढी दर्शकले सांगीतिक मनोरन्जन लिनेछन् । कन्सर्टमा दर्शकका लागि रु १ हजार माथिका टिकट रहने जनाईएको छ । दुई घण्टा लामो हुने उक्त कन्सर्टमा ‘नेपथ्य’ ब्यान्डका गायक अमृत गुरुङले ‘छेक्यो छेक्यो, हिमाल चुचुरे, रेशम, भेँडाको ऊनजस्तो, तालको पानी, कोशीको पानी यो जिन्दगानी’ लगायतका चर्चित गीतहरु प्रस्तुत गर्ने जनाईएको छ ।
पत्रकार सम्मेलनमा ध्रुवतारा स्पोर्टिङ क्लवका संस्थापक अध्यक्ष भीमराज केसी,क्लवका पदाधिकारी ,सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्