झापा , चैत ९ । प्रतिबन्धित लागूऔषधसहित आमाछोरा पक्राउ परेका छन् ।

मंगलवार साँझ ६ बजे मेचीनगर १० बस्ने ४५ वर्षिया मैनि खातुनको घरमा इलाका प्रहरी कार्यालय धुलाबारी,लागुऔषध व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको घरबाट ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, गाँजा २४ ग्राम,नगद ९ हजार ५६० रुपैयाँ, विभिन्न कम्पनीको मोबाईल ९ थान,डिजिटल मिनी तराजु फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उनका छोरा २६ वर्षिय मेबुव आलम समेत संलग्न रहेको खुलेपछि तत्काल फरार रहेकोमा खोजतलास गर्ने क्रममा बुधवार नियन्त्रणमा लिई दुवै जनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी झापा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्