झापा, चैत १० । सप्तकोशी नदीमा हाम फालेका बिराटनगर महानगरपालिका-८ का ६८ बर्षीय बुनई यादवको जिवितै उद्धार गर्न प्रहरी सफल भएको छ ।
बुधबार राती सवा ८ बजेको समयमा एकजना व्यक्ति नदीमा हामफालेको भन्ने जानकारी पाए लगत्तै तत्काल प्रहरी चौकी कोशी व्यारेजबाट खटिएको प्रहरी टोलीले यादवको जिवितै उद्धार गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।