बिर्तामोड , चैत ११ । संगीत साधनाको क्षेत्रमा छोटो समयमा आफूलाई स्थापित गर्न सफल सप्तक संगीत विद्यालय बिर्तामोडले महिलाहरुको क्षमता अभिबृद्धि गर्न उद्घोषण तालिम सञ्चालन गरेको छ ।

विभिन्न संघसंस्था तथा सहकारीहरुमा आबद्ध महिलाहरुको मागलाई आत्मसात गर्दै चैत्र ६ गतेबाट १० दिने उद्घोषण तालिम सञ्चालन भइरहेको सप्तक संगीत विद्यालयका सस्थापक कुशल पौड्यालले जानकारी दिए ।

क्षितिज नाट्य प्रतिष्ठान प्रदेश नं.१ का केन्द्रीय अध्यक्ष तथा बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माण कार्यका अभियन्ता माधब कल्पितले प्रशिक्षण दिएका छन् । सप्तक संगीत विद्यालयका संस्थापकद्वय आकृति खतिवडा र सञ्जीवनी पौडेल,नेपाल उद्यमशील महिला संघ झापाकी सदस्य निरा न्यौपाने कट्टेल,बिना थापा घिमिरे,बिमला न्यौपाने,छठ महिला मञ्चकी बरिष्ठ सदस्य शिसम शाह,सेन्ट्रल फेसन हवकी फेसन डिजाइनर निकिता गुप्ता ,छठ महिला मञ्च बिर्तामोडकी सहकोषाध्यक्ष कञ्चन शाह,सहारा हिमालय महिला समूहकी अध्यक्ष कल्पना खरेल,प्रणामी धर्म सेवा समिति झापा जिल्ला सदस्य स्मिता बजगाँई,सप्तक संगीत विद्यालयकी प्रशिक्षार्थी बिपास्ना बजगाँई तथा लायन्स क्लव नेपाल बिर्तामोड शाखाकी मनोरञ्जन विभाग र पूर्वेली महिला समूह बिर्तामोडकी सदस्य दुर्गादेवी खरेललगायत १ दर्जनबढी प्रशिक्षणमा सहभागी रहेको सप्तक संगीत विद्यालयका प्रमुख सरोज वत्सवले जानकारी दिए । चैत्र ६ गतेबाट शुरु तालिम १५ गतेसम्म चल्ने प्रशिक्षक कल्पितले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्