झापा , चैत ११ । उदयपुरको त्रियुगा खोलामा डुवेर बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको हल्दीवारी घर भई त्रियुगा नगरपालिका-७ मा बस्दै आएका गौरबहादुर मगरको ५ बर्षीय छोरा निस्पल मगर रहेका छन् । हिजो साँझ ६ बजे खेल्ने क्रममा घर नजिकै रहेको त्रियुगा खोलामा डुविरहेको अवस्थामा आमाले फेला पारी उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मगरको मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्