झापा , चैत ११ । औषधि व्यवस्था विभागले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने कोभिड-१९ विरुद्धको फाइजर खोप प्रयोगका लागि स्वीकृति दिने भएको छ ।

विभागमा बिहीबार बसेको औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले सो खोप प्रयोग अनुमति दिने निणर्य गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । यसअघि ११ वर्षमाथिका नागरिकका लागि मात्रै कोभिड-१९ विरुद्धको खोपले नेपालमा स्वीकृति पाएको थियो । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिन ८४ लाख डोज फाइजर खोप ल्याउने पक्रिया अघि बढाइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्