बुधवारे , चैत १२ । स्थानीय तह कर्मचारी युनियन नेपाल बुद्धशान्ति गाउँ ईकाई समितिको दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ ।

बुद्धशान्ति गाउँ ईकाई समितिका अध्यक्ष भिष्म सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति खगेन्द्र मैनाली, विशिष्ट अतिथि नेपाल ट्रेड युनियन कांग्रेसका यज्ञप्रताप अधिकारी, नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङ , स्थानीय तह कर्मचारी युनियन झापाका अध्यक्ष मेघराज बाँस्तोला, बुद्धशान्ति गाउँपालिका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि रमेश भुजेल, बुद्धशान्तिका नेका सभापति चक्र शेर्मा र बुद्धशान्ति गाउँपालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

अधिवेशनले पुनः भिष्म सिटौलाको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षद्वयमा उमा उप्रेती र सागर बुढा क्षेत्री, सचिवमा शिव श्रेष्ठ, सह– सचिव विजय राई र कोषाध्यक्षमा मनिशा ढकाल रहेका छन् । त्यस्तै . सदस्यहरुमा समिरा कुमाल, राधादेवी पोखरेल. ताराकुमार गिरी, पोषराज ठाकर, राधाकृष्ण पौडेल, संजय दाहाल, विक्रम दाहाल, कृष्ण गौतम, दिपादेवी पोखरेल ,गणेश सिठुङ मगर रहेका छन् ।

त्यस्तै सल्लाहकार संयोजकमा कैलाशप्रसाद सिंह तथा सदस्यमा ज्योतिकुमार दाहाल, मिस्त्रीलाल शर्मा बरही ,विवेक यादव र मायादेवी कट्टेल रहेका छन् । दोस्रो अधिवेशनबाट निर्वाचित सवैलाई प्रमुख अतिथि क्षेत्रीय सभापति खगेन्द्र मैनाली, बिशिष्ट अतिथिहरु यज्ञप्रताप अधिकारी , दिपक तामाङ, मेघराज बाँस्तोला, रमेश भुजेल , चक्र शेर्माले बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको संचालन दुर्योधनसिंह राजपुतले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्