बिर्तामोड , चैत १३ । भट्टराई कुल वंश प्रतिष्ठान झापाको चौथो जिल्ला अधिवेशन शनिबार बिर्तामोडमा सम्पन्न भएको छ ।

भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहदुर भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले आगामी तीनबर्षे कार्यकालको लागि बिर्तामोडका धर्मेन्द्र भट्टराईको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । नवगठित जिल्ला समितिको उपाध्यक्षमा गिरीराज भट्टराई दमक , महिला उपाध्यक्षमा सकुन्तला भट्टराई दमक, सचिवमा चन्द्रप्रसाद भट्टराई महाभारा , सहसचिवमा खिबराज भट्टराई हल्दीबारी र कोषाध्यक्षमा कृष्णप्रसाद भट्टराई अर्जुनधारा निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी सदस्यहरुमा नेत्र भट्टराई ,राधिका भट्टराई, केशव भट्टराई , गोपाल भट्टराई , सुवास भट्टराई , राजकुमार भट्टराई, तुलसा भट्टराई, टंकप्रसाद भट्टराई, डिल्लीराम भट्टराई, रामप्रसाद भट्टराई, चेतराज भट्टराई, कुमारीदेवी भट्टराई, महेश भटराई, टिकामाया भट्टराई, गंगाराम भट्टराई, घनश्याम भट्टराई, बन्दना भट्टराई, चेतप्रसाद भट्टराई, बल्लब भट्टराई, मातृका भट्टराई, भवानीप्रसाद भट्टराई, रुद्रप्रसाद भट्टराई, रमेश भट्टराई, चन्द्रकला भट्टराई, सोमनाथ भट्टराई, पार्वतादेवी भट्टराई र मीरा भट्टराई रहेका छन्।
सोही अधिवेशनले कुलप्रसाद भट्टराई कुसुमको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत निर्वाचित गरेको छ। समितिको सदस्यहरुमा जीवन भट्टराई र रुद्रप्रसाद भट्टराई रहेका छन्।
कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो। यसक्रममा अग्रज व्यक्तित्व नन्दिकेशर भट्टराई अर्जुनधारा, प्रतिष्ठानका पूर्व जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद भट्टराई, दमक नगर समितिका अध्यक्ष बुद्धिशेखर भट्टराई, झापाका उत्कृष्ट शाखाहरु मध्ये दुवागढी धाइजन शाखा, अक्षयकोषमा अमूल्य योगदान गर्ने रामप्रसाद भट्टराई, बिर्तामोड नगर समितिका सचिव मातृका भट्टराईलाई दोसल्ला, सम्मानपत्र र रुद्राक्षको माला लगाइदिएर सम्मान गरिएको थियो। यसैगरी कुल वंश प्रतिष्ठानको जिल्ला अक्षयकोषमा योगदान गर्ने महानुभावलाई समेत सम्मान गरिएको थियो।
प्रतिष्ठानका झापा जिल्ला अध्यक्ष गंगाप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई, केन्द्रीय सहअध्यक्ष दुर्गाप्रसाद भट्टराई प्रतिष्ठानका प्रदेश एकका अध्यक्ष चन्द्रबहादुर भट्टराई, सुनसरी जिल्ला अध्यक्ष कृष्ण भट्टराई, बिर्तामोड नगर समितिका अध्यक्ष बुद्धिराम भट्टराईले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा समितिका सहसचिव कुलप्रसाद भट्टराईले स्वागत र सचिव गिरिराज भट्टराईले संचालन गरेका थिए।