झापा , चैत १३ । ताप्लेजुङको फुङलिङ नगरपालिका-९ गुरुङ गुम्बामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा फुङलिङ नगरपालिका-८ का २८ बर्षीय रुपेश राई रहेका छन् । हिजो बेलुका ६ बजे सोहि स्थानको भित्री सडक खण्डमा दाउँरा लिएर दक्षिणतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रीत भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा घटना स्थलमै राईको मृत्यु भएको हो भने ३ जना जिल्ला अस्पताल ताप्लेजुङमा उपचारार्थ छन् । घटनाबारे जानकारी पाएलगतै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले घाईतेलाई उद्दार गरी जिल्ला अस्पताल पुर्याएको हो भने घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्