राजगढ , चैत १३ । मैथिल महिला समिति बाह्रदशी ३ द्वारा आयोजित ५ दिने उद्घोषण तालिम समापन भएको छ।

बाह्रदशी ३ नं.वडा कार्यालयको आर्थिक सहयोगमा राजगढ बजारस्थित सामुदायिक अध्ययन केन्द्रको भवनमा तालिम सञ्चालन गरिएको थियो।
तालिममा मैथिल समुदायका गृहिणी र छात्रागरी ४० जनाको सहभागिता रहेको थियो।
५ दिवसीय तालिमको सञ्चारकर्मी स्वस्तिका आचार्य र जेसिआई नेपाल टट ग्राजुएट हरिकृष्ण भण्डारीले सहजीकरण गरेका थिए।

बाह्रदशी वडा नं. ३ का वडाध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा वडा नं. २ वडा सदस्य प्रेमबहादुर घिमिरे,पशुपति माविका पूर्व प्रधानाध्यापक नन्दकुमार कुँवर,वडा नं ३ का सचिव शम्भुप्रसाद आचार्य,समाजसेवी ज्योतिष मण्डल, रविना ढकाल,समता कार्की,भिमा लामिछानेलगायतले मैथिल महिलाहरुको नेतृत्व र क्षमता विकासका लागि यस्ता तालिम प्रभावकारी हुने भन्दै वडाले बजेट विनियोजन गरेकोमा धन्यवाद व्यक्त गरेका थिए।

समितिकी अध्यक्ष बबितादेवी शाहको अध्यक्षता रहेको समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट निशा मण्डल र साधना सुडीले तालिम फलदायी भएको प्रतिक्रिया दिएका थिए ।
समितिका कोषाध्यक्ष सुमिता ठाकुरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव पिंकी शाहले गरेकी थिइन् ।
समापन कार्यक्रममा समितिका सदस्यहरूले मैथिली भाषाका गीत,कविता र नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्