दमक,चैत १३ । दमकमा जारी दमक गोल्डकपका सञ्चार तथा आर्थिक उपसमितिका संयोजकहरुले जिम्मेवारीबाट अलगिएको घोषणा गरेका छन् ।

गोल्डकप आयोजकले प्रतियोगितामा एकपक्षीय गतिविधि गरेको भन्दै नेपाली कांग्रेस निकट दुई संयोजकसहित विभिन्न जिम्मेवारी पाएका तीन जनाले सामूहिक रुपमा अलगिएको घोषणा गरेका हुन् ।

सञ्चार उपसमितिका संयोजक बबरजंग थापा, आर्थिक उपसमितिका संयोजक चन्द्र खत्री , खेलकुद विकास समितिकी सदस्य दिलु सुब्बा (राई ) लगायतले आफ्नो जिम्मेवारीबाट अलगिएको घोषणा गरेका हुन् । उनीहरुले कांग्रेस नगर सभापति प्रकाश प्रसाईलाई जानकारी पत्र पठाएर गोल्डकपमा पाएको आ–आफ्नो जिम्मेवारीबाट चैत १२ गतेदेखि अलग भएको उल्लेख गरेका छन् ।

कांग्रेसले तीन दिनअघि गोल्डकप आयोजना गर्ने समितिको कार्यशैलीप्रति असन्तुष्टि जनाउदैं त्यसलाई असहयोग पु¥याउने उद्घोष गरेको थियो । कांग्रेस केन्द्रीय सदस्य तथा संघीय सांसद महेन्द्रकुमारी लिम्बूसहितका नेताहरुले गोल्डकपलाई राजनीतिकरण गरिएको भन्दै त्यहाँ बसेका पार्टी निकट सबै जिम्मेवार व्यक्तिहरुलाई अल्टिमेटम दिँदै जिम्मेवारीबाट राजीनामा दिन निर्देशन दिएका थिए । त्यसै निर्देशनअनुसार गोल्डकपको समितिमा बसेका कांग्रेस निकट व्यक्तिहरुले धमाधम राजीनामा दिन थालेको कांग्रेस नगर सचिव दिपेश दाहालले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्