दमक, चैत १३ । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन दमकको नवनिर्वाचित कार्यसमितिको आइतवार सपथ ग्रहणसहित पद हस्तान्तरण सम्पन्न भएको छ ।

मालपोत कार्यालयस्थित एशोसिएसनको आफ्नै कार्यालयमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ताराकुमार खड्कासहितका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहणसहित पद हस्तान्तरण गरिएको हो ।

एशोसिएसनको चैत ९ गते सम्पन्न १२ औ बार्षिक चुनावी साधारणसभाले खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको थियो । पदाधिकारीतर्फ उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य पदमा भने सहमति नभएपछि निर्वाचन भएको थियो ।

तीन बर्षे कार्यकाल रहने उक्त निर्वाचित समितिको उपाध्यक्षमा शिवप्रसाद पौडेल,सचिवमा गगन शिवाकोटी, सहसचिवमा दिनेश घिमिरे, कोषाध्यक्षमा शान्तिराम कार्की र सहकोषाध्यक्षमा पवन राजवंशी चुनिएका छन् । यस्तै सदस्यहरुमा अम्बिकाप्रसाद मिश्र, कृष्णप्रसाद राजवंशी, गोविन्दप्रसाद बोहोरा, शंकरबहादुर भुजेल, पर्शुराम ढुंगाना, डम्बरप्रसाद रिजाल र रमण तिम्सिना चुनिएका छन् ।कार्यक्रममा नवनिर्वाचित समितिलाई निर्वाचन अधिकृत राजनबहादुर ढुंगानालगायतले सपथ ग्रहणसहित प्रमाणपत्र वितरण गरेका थिए । निर्वाचन सम्पन्न गर्न अधिवक्ता समेत रहेका ढुंगानाको संयोजकत्वमा अधिवक्ता श्याम आचार्य, अग्रज लेखापढी व्यवसायी घनश्याम दाहाल रहेको समिति गठन गरिएको थियो । उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खड्काले प्रतिवद्धता मन्तव्य राखेका थिए ।

सो अवसरमा एशोसिएसनका केन्द्रीय रन्जना गौतम,जिल्ला अध्यक्ष सशिल निरौला, प्रदेश सदस्य बाबुराम अधिकारी,गणपति साकोसका अध्यक्ष गौरसिंह राजवंशी,एशोसिएसन दमकका निवर्तमान पदाधिकारी,सदस्य, लेखापढी व्यवसायीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । एशोसिएसन दमकमा १९७ जना लेखापढी कानुन व्यवसायीहरु आवद्ध छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्