झापा , चैत १४ । सरकारले यही चैत २५ गतेबाट बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गर्ने भएको छ ।

चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशैभरका १५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गरिने भएको हो । यी उमेर समूहका बालबालिकाको संख्या करिब ७५ लाख रहेको छ ।स् वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले खोप लगाउने निश्चित मिति र स्थानको बारेमा जानकारी लिन स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । महाशाखाका अनुसार यो अभियान पश्चात नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गरिने र १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्