झापा , चैत १४ । पाँचथरको फिदिम-२ साराङ्गेमा बोलेरो जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

दुर्घटनामा एकजनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले ४५ वर्षीया मैया थापा मगर गम्भीर घाइते भएको जानकारी दिए । सुनसरीको इटहरी उपमहानगरपालिका-५ कि उनको निधार र हातखुट्टामा गम्भीर चोट लागेको छ । दुर्घटनामा सोही ठाउँका ३६ वर्षीय कृष्ण थामी, ३६ वर्षीया श्रीमती गोमा थामी, ४० वर्षीया कल्पना शिवा, ४५ वर्षीय सुरेश चौधरी र २४ वर्षीया सुस्मिता शिवा घाइते भएकी हुन् । उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । सोही दुर्घटनामा परेर ४० वर्षीया सम्झना दर्जी, २९ वर्षीया सुजता शिवा, ४८ वर्षीया इन्द्रबहादुर कामी, झापाको अर्जुनधारा नगरपालिका-११ का ३० वर्षीय कमल राई, चाकल धनकुटाको हिलेका प्रकाश तामाङ पनि घाइते भएका छन् । उनीहरूको समर्पित अस्पताल फिदिममै उपचार भइरहेको छ । इटहरीबाट ताप्लेजुङतर्फ जाँदै गरेको उनीहरू सवार को १ ज २८४६ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्