बिर्तामोड , चैत १५ । ग्लोबल मनी सप्ताहअन्तर्गत एक्सेल डेभलपमेन्ट बैंकले साताव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न स्कूल तथा कलेजका विद्यार्थीहरुका लागि बैंकले पाँच स्थानमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो । झापा, मोरङ र सुनसरीका ४५९ जना विद्यार्थीहरुलाई वित्तीय चेतना प्रदान गरिएको एक्सेल डेभलपमेन्ट बैंकका बिजनेश प्रमुख शिवकुमार गिरीले जानकारी दिए ।

उनले चैत ८ गते कनकाई मावि सुरुङ्गाका ८६ , ९ गते मोहनमाया मावि बिर्तामोडका ९४ , १० गते कस्तुरी क्याम्पस इटहरीका ८८ , ११ गते सिटी क्याम्पस विराटनगरका ६९ र १३ गते सुकुना बहुमुखी क्याम्पसका १२२ जना विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिइएको जानकारी दिए ।

बैंक, बैंकका खाताका प्रकारहरु, आम्दानी खर्च व्यवस्थापन, कर्जा ब्यवस्थापन, कर्जाका प्रकार, कर्जा लिँदा ध्यान दिनुपर्ने कुराहरु, बचत कसरी गर्ने र यसका फाइदाहरु, वित्तीय व्यवस्थापनका नियमहरु, पारिवारिक बजेट निर्माण, डिजिटल बैंकिङ्ग, रेमिटान्स, बैंकिङ्ग करियरका बारेमा जानकारी दिइएको बिजनेश प्रमुख गिरीले जानकारी दिए । एक्सेल डेभलपमेन्ट बैंकका एक्टिभ सीइओ लेखराज कार्की, बिजनेश प्रमुख शिवकुमार गिरी र अस्टिेन्ट जनरल मेनेजर अशोक क्षेत्रीले कार्यक्रममा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्