झापा, चैत १५ । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका-१ मा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको नम्बर उल्लेख नभएको मोटरसाईकल आफै अनियन्त्रीत भई ट्रकमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक बुद्धशान्ति गाउँपालिका-४ का २५ बर्षीय अन्जन फागोको उपचारको क्रममा झापाको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसैगरी मोरङको बुढिगंगा गाउँपालिका-१ गंगाचोकमा ना ३ ख २३९ नम्बरको कन्टेनर र स १० प २८८६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको कन्टेनरमा सोही दिशाबाट जाँदै गरेको मोटरसाईकल ठोकिदा घाईते भएका मोटरसाईकल चालक मोरङ टंकिसिनवारीका २५ बर्षीय किशोरकुमार माझीको उपचारको क्रममा बिराटनगरको टिचिङ अस्पतालमा मृत्यु भएको हो ।