झापा , चैत १५ । कोभिड-१९ विरुद्धको ४० लाख डोज साइनोभ्याक खोप नेपाल आइपुगेको छ ।

चीन सरकारको अनुदानमा गएको शनिबार र सोमबार गरी सो मात्रामा खोप नेपाल भित्रिएको हो । साइनोभ्याक्स खोप नेपालका लागि नयाँ हो । विश्व स्वास्थ्य संगठनले यो खोपलाई सन् २०२१ जुनमा आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो । सरकारले साइनोभ्याक खोप १८ वर्षमाथिका नागरिकलाई दिने योजना बनाएको छ । यसअघि, चीन सरकारले नेपाललाई भेरोसेल खोप अनुदानमा दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्