पथरीशनिश्चरे, चैत १५ । मोरङको उर्लाबारी नगरपालिकाकाको ६५ औं कार्यपालिका बैठक अनिश्चित बनेको छ ।

नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीसहित जनप्रतिनिधिको एक टोली कार्यपालिका बैंठकको समय बित्नै लागेको अवस्थामा निर्णयका लागि पेश गरिएको प्रस्तावहरू मेयर खड्गबहादुर फागोले एकपक्षीय रुपमा अगाडि सारेको भन्दै छलफल नै नगरी बैठक कक्षबाट बाहिरिएको हो ।
बैठकमा उपस्थित उपप्रमुख भण्डारीसहित जनप्रतिनिधिहरूले निर्णयार्थ प्रस्तुत भएका प्रस्तावहरू उपर कुनै छलफल नै गर्न नचाहेको नगर प्रमुख फागोले बताए ।