झापा, चैत १६ । गर्मीयाम सुरु भएसँगै सर्पको टोकाइका घटना बढ्न थालेका छन्।

विशेषगरी तराई प्रदेशमा सर्पदंशको समस्या बढी भए पनि पहाडका जिल्लाहरू पनि उतीकै जोखिमपूणर् रहने विज्ञहरू बताउँछन् । सर्पदशंको सही उपचार नहुँदा जटिलता थप हुने गरेको छ । केही व्यक्तिमा सर्पले टोकेको असर ढिलो देखिन सक्ने भएकाले टोकेको व्यक्तिलाई निरन्तर निगरानीमा राख्नुपर्ने इपिडिममियोलोजी तथा रोग नियन्त्रणले जनाएको छ । सर्पले टोकेको घाउमा विष हटाउन वा शरीरमा विष प्रवेश हुन नदिन टोकेको ठाउँमा काटेर रगत बगाउने , विष चुसेर लगाउने , ढुंगा वा झार लगाउनु गलत विधि भएको डाक्टरहरु बताउँछन् । सर्पले टोकेको आशंका भएमा तुरुन्तै सर्पदंशको उपचार केन्द्रमा पुर्‍याई निगरानीमा राख्न डाक्टरहरुको सुझाव छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्