झापा ,चैत १६ । सुनसरीको रामधुनी नगरपालिका-६ बक्लौरीमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

आज बिहान पौने ११ बजेको समयमा ईचोलबाट बक्लौरी तर्फ जाँदै गरेको को २४ प ९४५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधुनी नगरपालिका-६ का वडा सचिव ५३ बर्षीय नन्दकुमार श्रेष्ठलाई उपचारको लागी धरान घोपा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्