बिर्तामोड , चैत १६ । राजवंशी कथानक चलचित्र ‘कुखेर सन्तान’ को शुभमूहुर्त भएको छ ।

राजवंशी चलचित्र कलाकार उत्थान केन्द्रको ब्यानरमा बिर्तामोड ३ बिर्ताबजारस्थित दुर्गा मन्दिरमा सो चलचित्रको बुधवार शुभमूहुर्त गरिएको हो ।

केन्द्रका अध्यक्ष होमनारायण राजवंशीको अध्यक्षता र नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का महासचिव दिनेश कोइरालाको प्रमुख आतिथ्य रहेको शुभमूहुर्त कार्यक्रममा बिशिष्ट अतिथि नेपाल चलचित्र द्वन्द्व संघ प्रदेश १ का अध्यक्ष बिपिन प्रसाईं रहेका थिए । प्रमोद राजवंशी , निर्मला राजवंशी , शर्मिला राजवंशी , दिपा राजवंशी , तारा राजवंशी र लखन राजवंशी निर्माता रहेको सो चलचित्रमा कथा, पटकथा , संवाद र निर्देशन होमनारायण राजवंशीको रहेको छ ।

त्यस्तै छायांकन हदुवा खवास , संगीत बलराम राजवंशी र बलबहादुर राजवंशी , रचना गोपाल राजवंशी , नृत्य निर्देशन कमल राई र द्वन्द्व निर्देशन श्रवण आचार्यको रहेको छ । निर्माता , निर्देशक , कलाकारलगायतको उपस्थिति रहेको सो कार्यक्रममा स्वागत शर्मिला राजवंशीले गरेकी थिइन् भने संचालन अर्जुन राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्