झापा , चैत १७ । फिल्म प्रदर्शनको मिति नजिकिँदै गर्दा ‘ए मेरो हजुर ४’ को प्रचार सामग्री बुढासुब्बा युट्युब च्यानलबाट उडेको छ ।

उक्त च्यानलबाट फिल्मको ट्रेलर र गीत हटेको पाइएको छ । फिल्मकी निर्देशक झरना थापाले प्रदर्शन मिति भने नसर्ने जानकारी दिइन् । ‘हामी यति अगाडि बढिसक्यौं, अब पछि हट्दैनौं, उनले भनिन् । उनका अनुसार आज पनि एउटा गीत सार्वजनिक गर्ने तयारी थियो । ‘आज पनि फिल्मको रोमान्टिक गीत सार्वजनिक गर्न लागेका थियौं । तर अब के हुन्छ थाहा छैन । यतिको चलेको च्यानल पनि ह्याक हुँदा म छक्क परिरहेको छु ,’ उनले भनिन् । फिल्मको सम्पूर्ण प्रचार सामग्री नै युट्युबबाट उडेपछि तनावमा परेको बताइन् । फिल्मको सामग्री रिकभर हुन्छ कि हुँदैन थाहा छैन । केही समयपछि बुढासुब्बाले जानकारी दिने बताएको छ , उनले भनिन् । झरनाले निर्देशन गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका छ । यो फिल्म वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्