झापा , चैत २० । तीव्रगतिमा सवार मोटरसाइकल रोकिराखेको ट्र्याक्टरमा ठोक्किँदा झापाको गौरादहमा शनिबार साँझ एक युवाको ज्यान गएको छ ।

गौरादह-९ बैगुनधुरास्थित भित्री सडकमा मे २ प ३९१२ नं को मोटरसाइकल सोही सडक किनारमा रोकिराखेको को १क २४७९ नंको ट्र्याक्टरमा ठोक्किँदा गौरादह-९ का ४० वर्षीय राम हेमरमको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न ट्र्याक्टर नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।