झापा , चैत २१ । सिन्धुपाल्चोकमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको ज्यान गएकोे छ ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ८ मानेश्वाराको लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको ज्यान गएको हो ।

मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो बेलुकी ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षका छोरा सरगम तामाङ र छिमेकी पदम तामाङकी साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर ज्यान गएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।आगोमा जलेर उनीहरूको घरभित्रै ज्यान गएकोे प्रहरीले जनाएको छ । घाइते भएका मीनबहादुरको उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्