झापा , चैत २१ । मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

हिजो राती साढे ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक ईटहरी १९ खनारका २२ बर्षीय अनिस कार्कीलाई उपचारको लागी बिराट मेडिकल कलेज गंगाचोक लगिएकोमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको हो । सोही मोटरसाईकलमा सवार अन्य २ जनाको सोहि अस्पतालमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्