झापा , चैत २१ । भोजपुरको पौवादुङमा गाँउपालिका-२ मा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ ।

आज दिउँसो साढे ११ बजे मामली घर पौवादुङमा आई बसेका मोरङको केराबारी गाउँपालिका-७ का गणेश मगरका २ बर्षीय छोरा आशिर मगर खेल्ने क्रममा लडि खाल्डोको पानीमा डुबेका थिए । अचेत अवस्थामा आफन्तले फेला पारी उपचारको लागि स्थानिय स्वास्थ्य चौकी पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका हुन । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्