झापा , चैत २२ । चितवनको भरतपुर महानगरपालिका–२३ स्थित वनमा आइतबार घाँस काट्न गएका तीनमध्ये एकजनाको बाघको आक्रमणमा परी मृत्यु भएको छ ।

बाघले विभिन्न अवस्थामा मान्छेलाई आक्रमण गर्ने विज्ञ बताउँछन् । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाघले आफूलाई असुरक्षित महसुस गरेलगायतका अवस्थामा मान्छेलाई आक्रमण गर्न सक्छ । प्रमुख संरक्षण अधिकृत श्रेष्ठका भनाइमा यी अवस्थामा बाघले मान्छेलाई आक्रमण गर्न सक्छ-
१. बाघले आफूलाई असुरक्षित महसुस गरेमा मान्छेलाई आक्रमण गर्न सक्छ ।
२. एक्कासि जम्काभेट भएर बाघ भाग्ने ठाउँ पाएन भने त्यस्तो बेलामा आक्रमण गर्न सक्छ ।
३. आराम गरिरहेको अवस्थामा मान्छे नजिक पुग्यो भने पनि आक्रमण गर्न सक्छ ।
४. पोथीले आफ्नो बच्चाहरू लुकाएको बेलामा अचानक मान्छे पुग्यो भने त्यस्तो बेलामा पनि बाघले आक्रमण गर्न सक्छ ।
५. सिकार खान लागिरहेको अवस्थामा मान्छे पुग्यो भने पनि बाघले आक्रमण गर्न सक्छ ।
६. मान्छेले निहुिरएर काम गरिरहेको अवस्थामा अन्य आहारा खोज्दा जस्तै बाँदर, लंगुर, मृग ठानेर मानिसलाई बाघले आक्रमण गरेको पाइन्छ ।
७. दुईवटा बाघहरू एकापसमा झगडा गरिरहेको अवस्था, भाले लागेको अवस्थामा मान्छे पुग्यो भने पनि बाघले आक्रमण गर्न सक्छ ।
८. बिरामी भएको अवस्था, लामो समयसम्म भोको रहेको अवस्थामा, बूढो भई सिकार गर्न अशक्त भएको अवस्थामा, माउबाट छुट्टिएका र आफ्नो निश्चित क्षेत्र नभएका अर्धवयस्क बाघहरूले मान्छेलाई आक्रमण गर्न सक्छ ।उनका अनुसार रातको समयमा बाघ निकै सक्रिय हुन्छ । त्यस्तो बेलामा अझै बढी आक्रमण गर्न सक्छ । रातिको समयमा बाघ भएको वनक्षेत्रबाट नहिड्न उनको सुझाव छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्